एजेन्सी । भारतीय टेलिभिजन सेलिब्रिटी अर्थात हिन्दी टेलिसिरियलकी अभिनेत्री एवं विग बोस–४ कि विजेता श्वेता तिवारीकी छोरी पलक तिवारी बलिउडमा प्रवेश गर्दैछिन । अभिनेता सुरेश ओबरायका छोरा बिवेक ओबरायले फिल्म निर्माण क्षेत्रमा हात हाल्ने निर्णय गरेसंगै यस्तो खुलासा भएको हो ।
विशाल मिश्राले निर्देशन गर्न लागेको बिवेकको पहिलो फिल्म रोजीमा पलक नायिकाको भूमिकामा रहने पक्का पक्की भएको हो । बलिउडका चर्चित फिल्म निर्माता प्रेरणा अरोडासंग मिलेर बिवेक ओबरायले फिल्म बनाउन लागेका हुन । फिल्म रोजीमा अनुबन्ध भएको खुलासा भएसंगै सोसल मिडियामा अधिक सक्रिय रहने बानी परेकी श्वेता पुत्री पलकका तस्विरहरु अहिले भाइरल बनेका छन । खासगरी इन्स्टाग्राममा आफ्ना फोटोहरु शेयर गर्ने पलकका फ्यान फलोइङ पनि ह्वात्तै बढेको छ । सन २००० को अक्टोबर ८ मा मुम्बइमा जन्मिएकी पलकका पिता राजा चौधरी हुन, जसको पत्नी श्वेता तिवारीसंग सम्बन्ध विच्छेद भैसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here