भारत, १७ साउन ।
भारतको आन्द्र प्रदेशमा सरकारले मदिरा पसल बन्द गरेपछि स्यानिटाइजर पिएर कम्तिमा दश जनाको मृत्यु भएको छ । कोरोना भाइरसको महामारीका कारण लकडाउन गरिएको आन्द्र प्रदेशको कुरिचेदुका ती व्यक्तिहरूले स्यानिटाइजर पिएका थिए । जिल्ला प्रहरी कार्यलयका प्रमुख सिद्धार्थ कौशलले दिएको जानकारीअुसार उनीहरूले पानी र ‘सफ्ट ड्रिङ्क’मा मिसाएर स्यानिटाइजर पिएका थिए ।