चन्द्रपुर,१८ साउन । रौतहटको चन्द्रपुर नगरपालिकाले आज आइतबार सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको महान पर्व इद उल फितरको उपलक्षमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले सुचना जारी गरेर आज नगरका कुनैपनि वडा नखुल्ने जानकारी दिएका हुन् ।