पर्सा ,१८ साउन । कोरोना संक्रमण समुदाय स्तरमामा फैलिएपछि पर्सामा भोलीदेखि निषेधाज्ञा हुने भएको छ । जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।यसअघि कोररोना संक्रमण बढीदेखिएको क्षेत्र वीरगञ्जमा साउन १० गतेदेखि अनिश्चितकालिन निषेधाज्ञा लगाएको थियो । तथापी पर्सा जिल्ला भरि नै कोरोनाको उच्च जोखिम रहेको र संक्रमितको व्यवस्थापनमा समेत समस्या भएकाले वीरगञ्जसहित जिल्ला भरि नै निषेधाज्ञा लगाउने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललिलत कुमार बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here