अशोक पहाडी
रौतहट,१८ साउन ।
पुर्व संविधासभा सदस्य बबन सिंह क्वारेन्टाइनमा बसेकाछन् । राजदेवी नगरपालिकाकी उप प्रमुख तथा पुर्व संविधानसभा सदस्य सिंहकी श्रीमती अंसु सिंह पनि क्वारेन्टाइनमा छिन ।
रौतहट क्षेत्र नं १ बाट पहिलो संविधानसभा सदस्यमा निर्वाचित सिंह दम्पती केही दिन अगाडी आफ्नै नगरको वडा नं ८ का वडाअध्यक्ष शंकर यादवको सम्पर्कमा रहेको र उनमा कोरोना संक्रमण देखिएपछि दुबै जना स्थानीय एक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका हुन ।
वडाअध्यक्षको कोरोना टेस्ट गराएको रिपोर्ट पोजिटिभ आएपछि उनको सम्पर्कमा पुगेका सिंह दम्पतीले जिम्मेवार जनप्रतिनिधिको नाताले नगरपालिकाद्वारा बनाइएको क्वारेन्टाइनमा बसेको पुर्व संविधानसभा सदस्य सिंहले बताए ।
सिंह दम्पती राजदेवी नगरपालिकाको नेमधारी बासुदेव माध्यमिक विद्यालयमा बनाईएको क्वारेन्टाइनमा बसेकाछन् । सिंह दम्पती तीनदिन देखी क्वारेन्टाइनमा रहेकाछन् ।
सिंहले राजदेवी नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरुलाई गुणस्तरहिन खाना खुवाउने गरेको र सरकारद्धारा प्रतिबन्धीत कालो पोलेथिनमा खाना नास्ता दिने गरेको गुनासो गरेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here