रुपेन्द्र पटेल
बृन्दावन, १९ साउन ।
आज तिमि २०७७ साल साउन १९ गते अर्थात आज श्रावण शुक्ल पुर्णिमा, आजै जनैपूर्णिमा र रक्षाबन्धन पर्व रौतहटसहित देशभर मनाइदै छ । रक्षाबन्ध भाइ र बहिनीबीचको अठोट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बिहरुले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दूई ओटा शब्द जोडिएको छ रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छ भने बन्धन जसले भाई बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह नजदीकी र प्रेम ल्याउछ । हूनत यो चाड श्रावण शुक्ल पुर्णिमाको दिन मनाइन्छ । र जनै लगाउनेहरु यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगााउने गर्दछन । यस दिन वर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राखिन्छ । आजको दिन बहिनिहरुले आफनो भाईका हाथमा पवित्र धागो राखि बाधेर टिका लगााएर मिठाई खुवाउछन । भाइले पनि बहीनिलाई केही न केही उपहार अथवा दक्षिणा पैसा दिन्छन तथा बहीनिको रक्षा गर्ने वाचा दिन्छन । हुनत रक्षाबन्धन पहिलेको युगमा भाइ बहीनिको त्योहार नभएर आफू भन्दा ठूला बडाले सनोलाई रक्षा र आर्शिवाद स्वरुप बान्धने रक्षा सुत्रलाई रक्षाबन्धन भनिन्थयो । यस दिन ब्राहमणहरु बिहानै नुहाइ धुवाइ गरेर पुजा पाठ गरिसकेपछि पवित्र धागो जसलाई रक्षाबन्धन वा रक्षासुत्र पनि भन्छन । त्यो धागो बोकेर गाउँ गाउँ गएर सबै जनालाई रक्षाबन्धन बाँधेर टिका लगाइदिने गथ्र्यो । बदलामा शिष्य यजमानहरु ब्राहमणलाई दक्षिणा वस्तरर पैसा उपहार दिने गथ्र्यो । र घरका बुजुर्गहरु सानो लाई धागो हाथमा लगााइदीने र सानोले ढोगेर आर्शिवाद लिने गथ्र्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here