जनकपुर, १९ साउन ।
प्रदेश नं. २ मा आज (सोमबार) सार्वजनिक विदाको घोषणा गरिएको छ । प्रदेश सरकारको परिपत्र अनुसार आज रक्षाबन्धनको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको हो । गत जेठ १० गते नै बसेको प्रदेश सरकारको मन्त्री परिषदको बैठकमा रक्षा बन्धनमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सोह अनुसार सोमबार सार्वजनिक विदा दिएको छ । प्रत्येक वर्ष रक्षा बन्धनमा सार्वजनिक विदा दिँदै आएको सरकारले यसवर्ष पनि सार्वजनिक विदा दिएको हो । यस्तै कोरोनाको महामारीलाई मध्यनजर गर्दै भीडभाड नगरी लामो दुरीको यात्रा नगरी रक्षाबन्धन पर्व मनाउन प्रदेश २ सरकारले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here