वीरगंज,१९ साउन । संक्रमित र मृतकको संख्या बढ्दै गएपछि प्रदेश २ का अस्थायी राजधानी जनकपुर, राजविराज, जलेश्वर सहित विभिन्न स्थानमा कर्फयु घोषणा गरिएको छ । सोही अनुरुप पर्सामा समेत आजदेखि जिल्लाभरी नै निषेधाज्ञा कर्फयु जारी गरिएको छ । साउन १० गतेदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा विस्तार गरिएको हो ।
शनिबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान ५ बजेदेखि जिल्लाभर नै अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।