रन्जन खरेल
बिजयपुर,१९ साउन ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका नेपाली कांग्रेस नगर कमितिको हिजो बसेको बैठकले इलाका स्तरीय सरकारी कार्यालय स्थापना गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापन पत्र बुझाएको छ । नेपाली कांग्रेश नगर कमिटीका सभापति बाबुराम अधिकारिको अध्यक्षता तथा नगर प्रमुख गोपाल यादवको बिशेष उपस्थितिमा बसेको उक्त बैठकले नगरपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, बिध्युत कार्यालय र ४५ सैयाको अस्पताल समेतको माग गरेको हो ।
रौतहटको बिकट क्षेत्रको रुपमा रहेको यस नगरपालिकामा एक समान सेवा केन्द्रहरु छैनन ।
हरेक स्थानिय तहमा एक एक सरकारी कार्यालय संचालन गर्ने नीतिगत ब्यवस्था भए पनि सो ब्यवस्था कार्यान्वन हुन नसक्दा नगरबासीले अपायक ढंगले सेवा लिनु परेकोले यस्तो निर्णय गर्नु परेको नेपाली कांग्रेस जिल्ला सदस्य ज्ञानेन्द्र यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here