जनकपुर, २० साउन । प्रदेश दुइमा कोरोना संक्रमण बढदै गएपछि आगामी रणनीति बनाउन मुख्यमन्त्री लालबाबु राउतले विभिन्न दलका नेतासँग छलफल गर्ने भएका छन् । मंगलबार कोरोना सम्बन्धि आगामी रणनीति बनाउन साढे १२ बजे बैठक बोलाइएको मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए । प्रदेश २ मा ५ हजार भन्दा बढी कोरोना संक्रमित भइसकेपछि अब कोरोनालाई लिएर कसरी अगाडी बढने सो सम्बन्धमा विभिन्न पार्टीका संसदिय दलका नेताहरुसँग छलफल बोलाइएको मुख्यमन्त्रीका प्रेस संयोजक मिश्रले बताए । प्रदेश दुइमा हाल सम्म ५ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ जनाले आफ्नो ज्यान गुमाइसकेका छन् । प्रदेश दुइको हरेक जिल्लामा कोरोना संक्रमितहरु ह्वातै बढेपछि तीनवटा जिल्लामा पुर्ण निषेधाज्ञा जारी गरिएको छ भने केहि जिल्लाको प्रमुख सहरहरुमा निषेधाज्ञा जारी गरिएको छ । प्रदेशको बारा, पर्सा र सप्तरीमा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषाको जनकपुरधाम, महोत्तरीको जलेश्वर र महोत्तरी गाउँपालिकाको केहि वडा लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here