गौर २१ साउन । छिमेकी जिल्लाहरूमा कोरोनाको संक्रमण बढेसँगै रौतहटमा पनि सटडाउन हुनेभएको छ । रौतहटमा पनि समुदायमा संक्रमण फैलिने त्रास भएकाले जिल्लालाईनै सटडाउन गर्ने निर्णय गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार रौतहट जिल्ला २४ गतेदेखि ३२ गतेसम्म पूर्णरूपमा सटडाउन गरिने भएको छ । पछिल्लो समयमा रौतहटमा पनि समुदायमा संक्रमण देखिरहेको अवस्था छ उनले भने , मानिसहरूको आवतजावत हुनाले संक्रमण हुने जोखिम बढेकाले यो निर्णय गरिएको हो । हाललाई ३२ गतेसम्ममा सटडाउन गरिने निर्णय भएपनि त्यसपछि के गर्नेभन्ने बारे त्यसपछि निर्णय गरिने उहाँले बताए । यो सटडाउन अवधिमा जिल्लाका सरकारी कार्यालय, पसल, बजार, यातायात लगायत सम्पूर्ण पूर्णरूपमा बन्द रहने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here