जनकपुर २२ साउन ।
प्रदेश — २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना भाइस ९कोभिड९१९० पोजिटिभ देखिएको छ । बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ देखिएको हो । उनलाई मधेस भवनमा रहेको निवासकै आइसोलेसनमा राखिएको स्रोतले जनाएको छ । मन्त्रालयका अन्य ७ जनामा पनि कोरोना पुष्टि भएको छ । संक्रमित कर्मचारी २८ देखि ५२ वर्ष उमेर समूहका छन् । उनीहरूको पद भने खुलाइएको छैन । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का ६ कर्मचारी र सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीको पीसीआर रिापोर्ट पोजिटिभ आएको थियो । शिलापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here