काठमाडौं २४ साउन । पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कुल संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा चार सय ९९ जना डिस्चार्ज भएका छन् । शनिबार सात हजार आठ सय ८८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हाल सक्रिय संक्रमित ६ हजार दुई सय ६ जना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here