सप्तरी २४ साउन । बलात्कारको आरोपमा सप्तरीको राजविराज नगरपालिका ६ खर्साल टोलका २८ वर्षीय रोशन मण्डललाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरमा पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले आज जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याएको छ । जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता रहेकाले थप अनुसन्धान र आवश्यक कारवाहीका लागि राजविराज ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । आरोपितलाई मोरङ प्रहरीले शुक्रबार विराटनगरबाट पक्राउ गरेको थियो । २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले असार २८ गते उजुरी दर्ता गरेको थियो । उजुरी दर्ता भएपछि राजविराजबाट फरार भएका युवक विराटनगरमा लुकेर बसेका थिए । पीडितकै सूचनामा आरोपित पक्राउ परेको प्रहरीले जनाएको छ । उच्च शिक्षा अध्ययन गर्ने क्रममा राजविराज नगरपालिका ७ स्थित घरमा डेरा लिई बसेको कोठामा कोही नभएको मौका छोपी आएका आरोपितले बलात्कार गरेको र कसैलाई भनेमा ज्यान मार्ने धम्की दिँदै आएको पीडितले बताए । पहिलोपोष्ट बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here