गरुडा २४ साउन ।
रौतहटका विभिन्न क्वारेनटाइनमा एक संस्थाले विभिन्न स्वास्थ्य सामग्री बितरण गर्दै आएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नं—२ मा रहेको श्री सृजनात्मक समाज कल्याण केन्द्र नेपालले कोरोनको त्रास बढी रहेको अवस्थामा आफु र आम नागरिक कोरोनाको संक्रमणबाट जोगिन सहज होस भन्ने उद्देश्यले सो सामग्रीहरु बितरण गरिएको संस्थाका अध्यक्ष बिबेक शर्माले बताएका छन् । शर्माका अनुसार हालसम्म रौतहटका विभिन्न स्थानमा सञ्चालन गरिएका क्वारेन्टिनमाहरु मध्ये गरुडा मावि, पुलिस स्कुल बिर्ता, नेपाल उच्च मावि बिश्रामपुर, शंकरगुद्धर मावि समनपुर, सखुअवा क्वारेन्टाइन लगायतका स्थानमा स्वास्थ्य सामग्री बितरण गरिएको अध्यक्ष शर्माले बताए । सो संस्थाले केएन ९५ माक्स २०० थान , सेनिटाइजर २०० थान , पेष्ट २०० थान , ब्रस २०० थान , टावेल २०० थान , झुल २०० थान , महिलाहरुका लागी सेनिटरी प्याड २०० थान , पानी , सावुन लगायतका सामग्री हस्तान्तरण गरेको अध्यक्ष शर्माले जानकारी दिए । सो सामग्री बितरणमा हाम्रो सानो प्रयास काठमाडौ र सानो पाइला बिरगंजको आर्थिक सहयोगमा प्रदान गर्दै आइरहेको जनाइएको छ । शर्माले वास्थ्य सामग्री बितरणमा सहयोग गर्ने आफ्ना सबै सहयोगी साथिहरुलाई धन्यवाद समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here