रुपेन्द्र पटेल
रौतहट, २४ साउन ।

कोरोना भाइरस प्रदेश २ मा भयानक रुप लिन थालेपछि प्रदेश २ का अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी भएको छ । यस्तै रौतहटमा शनिबार देखि निशेधज्ञा भएको हो । रौतहटमा शनिबार देखि साउन ३२ गते सम्मका लागी निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएका छन् । रौतहट प्रशासनले निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई क्वारेन्टाइनमा राख्न सक्ने जनाएको छ । कोरोनाको जोखिम रोकथाम तथा न्यूनिकरणका लागि गरिएको निषेधाज्ञा उलंघन गर्नेहरुलाई क्वारेन्टाइनमा लगेर राखिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here