सर्लाही २४ साउन ।
सर्लाहीमा एक वडाध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि शनिबारदेखि लालबन्दी नगरपालिका शील गरिएको छ । हिजो शुक्रबार साँझ सरोकारवालाहरूको बैठक बसी आकस्मिक सूचना निकालेर औषधि पसलबाहेक अन्य पसल व्यवसाय, बजार, नगरपालिका कार्यालय, वडा कार्यालय र बैंक तथा वित्तीय संस्था बन्द गरिएको हो । यही साउन २१ गते थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाइएकोमा ४१ जनामध्ये एक जना वडाध्यक्ष, स्वास्थ्यकर्मी र व्यापारी समेत गरी तीन जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ पाइएकाले शनिबारदेखि लागु हुने गरि अर्को सुचना नभएसम्मका लागि लालबन्दी नगरपालिका शील गरिएको मेयर मानबहादुर खड्काले जानकारी दिए । संक्रमित तीनै जनालाई शुक्रबार नै लालबन्दी १ नवलपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको भवनमा बनाइएको आइसोलेसनमा पठाइएको प्रमुख खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here