अशोक पहाडी
चन्द्रपुर,२५ साउन । आज देखी ३२ गते सम्म चन्द्रपुर नगरपालिका भित्र रहेका सम्पुर्ण सरकारी तथा निजी कार्यालयहरु बन्द हुने भएकाछन् ।
समुदाय स्तरमै केरोना देखिन थालेपछि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले सुचनानै निकालेर जिल्ला प्रशासन कार्यालय रौतहटले संचालन अनुमती दिएका बेहेक सबै कार्यालय बन्द रहेने बताएका हुन् ।
चन्द्रपुर नगरमै समुदाय स्तरमा कोरोना देखिएपछि नगरपालिकाले सम्पुर्ण निजी तथा नगरभित्र रहेका सरकारी कार्यलय एकसाताका लागि बन्द गर्ने निर्णय भएको नगरप्रमुख चौधरीले तराई एकसप्रेस दैनिकलाई जानकारी दिए । एक हप्ता सम्म निजी तथा सरकारी बैंक तथा बित्तिय संस्था समेत बन्द रहेने छन् ।