सर्लाही,२५ साउन । जिल्लाको नबलपुर मलंगवा सडक खण्डमा सवारी दुर्घटना हुँदा ३ जना घाईते भएका छन । हरिपुर नगरपालिका ८ पुलचौकमा नबलपुरबाट हरिपुर तर्फ जाँदै गरेको ना. ६२ प. ८२१६ नं. मोटरसाईकलले ठेलालाई ठक्कर दिदा हरिपुरकै ३ जना घाईते भएका ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
श्निबार साँझ करिब ८ बजेको दुर्घटनामा घाईते हुनेहरुमा मोटरसाईकल चालक हरिपुर नगरपालिका २ हरिपुर बस्ने अंन्दाजी वर्ष ३५ का दुखा ठाकुर,सोही स्थान निवासी अंन्दाजी वर्ष ६० का मस्तमिक शेख र सोही स्थानका अन्दाजी वर्ष ७० का नुर मोहमद साह रहेको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक विक्रम साहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here