रुपेन्द्र पटेल
बृन्दावन, २५ साउन ।
कोरोना भाइरस संक्रमणको दर पछिल्लो समय प्रदेश २ मा बढेसंगै मृत्यु हुनेको दर बढन थालेपछि प्रदेश २ का अधिकांश जिल्लाहरुमा निषेधाज्ञा भएको छ । सोही क्रममा रौतहटमा पनि शनिबारदेखि अर्थात साउन २४ गतेदेखि ३२ गते सम्मको लागी निषेधाज्ञा जारी भएको हो । निषेधाज्ञाले रौतहटको सहरबजारहरु पूर्ण रुपमा प्रभावित देखिएको छ भने गाउँ घरमा कुनै किसिमको प्रभाव देखिएको छैनन् । गाउँ घरका मानिसहरु चौक चौतारी तथा सार्वजजिक स्थानमा जमघट गरेर बसेको पाईएको छ । रौतहटको ग्रामीण भेगको गाउँ घरमा निषेधाज्ञाको प्रभाव देखिएको छैन । स्थानीय प्रशासनले जारिगरेको ९ दिने निषेधाज्ञाको आज दोस्रो दिन रौतहटमा सहर बजारमा पुर्ण प्रभाव देखिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको निषेधाज्ञाको कारण जिल्लाको सदरमुकाम गौर, गरुडा, कटहरिया, चन्द्रपुर लगायत सबै बजारहरु बिहानै देखि बन्द रहेको छ । बजारमा रहेका औषधि पसल ,अस्पताल बाहेक अन्य सबै पसल बन्द रहेका छन । सार्वजनिक यातायातका साथै निजि गाडी पनि चलेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here