CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

रौतहट,२५ साउन । पुर्व पश्चीम लोकमार्ग अन्र्तगत पर्ने सर्लाहीको बागमती नदीमा रहेको पुल दिनप्रतिदिन जिर्ण अवस्थामा पुगेको छ । सर्लाही र रौतहटको सिमानामा पर्ने बागमती नदीमा रहेको पुल मर्मत सम्भारको अभावमा दिनप्रति दिन जिर्ण अवस्थामा पुगेको हो ।
हिउँदको समयमा जसोतसो सवारी साधन सञ्चालन भएपनि वर्षा लागेपछि पुलमा बनेका खाल्डामा पानी जम्दा सवारी साधन आवत जावतमा समेत समस्या सृजना हुने गरेको छ ।भने पुलमा ठुला ठुला खाल्डा बनेका कारण यात्रा पनि जोखिमपुर्ण बनेको छ । पुलको बिचबिचमा ठुला ठुला खाल्डा परेका कारण सवारी दुर्घटना हुनुको साथै साना सवारी साधनहरुलाई आवत जावतमा समस्या हुने गरेको छ ।पुर्व पश्चीम लोकमार्गको जिल्ला स्थित ३० किलो मिटर सडक खण्डमा ठुला ६ वटा र साना १२ वटा गरी कुल १८ वटा पुलहरु रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here