अशोक पहाडी
रौतहट,२५ साउन । लामो समयको लकडाउन पछि सुरु हुन लागेको रौतहटको खेलकुद गतीबिधि पुन बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले हिजोबाट निषेधाज्ञाजारी गरेका कारण नियमित रुपमा संचालनमा आएको करातेको प्रशिक्षण पुन बन्द भएको सितोरियो करातेका स्वयमसेवक प्रशिक्षक भिम पहरीले बताए । यता महिला फुटबलको समेत नियमित प्रशिक्षण कार्य बन्द गरिएको प्रशिक्षक चित्र बहादुर दर्लामीले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । रौतहटको चन्द्रपुर नगरक्षेत्रमा हुने खेल गतिबिधि बन्द भएको छ ।