काठमाण्डौ,२६ साउन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विदेशमा मात्रै एक सय ९१ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता भारत, अस्ट्रेलिया, बेल्जियम, पोल्यान्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप संक्रमण देखिएको छ । अस्ट्रेलियामा एक सय ४६ जना नेपालीमा संक्रमण देखिएको छ । गत साता लग्जेम्बर्गमा रहेका नेपालीमा सामूहिक रूपमा देखिएको कोरोना संक्रमितहरू संक्रमणमुक्त हुँदै गएका छन् । संघका अनुसार लग्जेम्बर्गमा करिब दुई दर्जन नेपालीमा कोरोना संक्रमण रहेको र बाँकी आइसोलेसनमा रहेको नयाँ पत्रिकाले समाचार प्रकाशन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here