रौतहट,२६ साउन । जिल्लाको राजदेवी नगरपालिकाका कोरोना संक्रमित वडाध्यक्षको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको पाइएको छ ।
साउन ११ गते संक्रमण पुष्टि भएका वडाध्यक्षको सम्पर्कमा आएका १४४ जनाको स्वाब परीक्षण गरिएकोमा सोमबार १९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताए । संक्रमित हुनेमा राजदेवी नगरपालिका(४ बसतपुरका १४ जना र अन्य वडाका ५ जना छन् । यसअघि उनको सम्पर्कमा आएका १७ जनाको पीसीआर परीक्षण गर्दा साउन २० मा ४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । ११ साउनमा संक्रमण देखिएका वडाध्यक्षको रौतहटको राजदेवि नगरपालिकाका एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएकाहरुलाई कन्टायक्ट ट्रेसिङ गर्दा १९ नया“ संक्रमित थपिएका छन । काठमाण्डौ जानका लागि भन्दै साउन ११ गते पीसीआर परीक्षण गराउदा वडाध्यक्षमा संक्रमण पुष्टि भएको थियो । आइतबार मात्रै रौतहटको गौरमा १५ जनामा संक्रमण पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here