चन्द्रपुर,२६ साउन । नेपाली कांग्रेसका महान नेता वीपी कोईरालाको विचार,वीपीको प्रतिपादित नीति र अवधारणालाई उजागर गर्न गठन भएको वीपी कोईराला युवा नेतृत्व विकास मञ्च रौतहटको नेतृत्व युवा अधिकार लामिछाने पाएकाछन् । देशका विभिन्न २६ जिल्लामा गठन हुन लागेको वीपी कोईराला युवा नेतृत्व विकास मञ्चको रौतहटमा लामिछाने निर्विरोध अध्यक्ष चयन हुन भएको हो । महान नेता वीपीको विचार,वीपीले प्रतिपादित गरेका नीति र अवधारणालाई उजागर गर्न भन्दै नेपाली कांग्रेसले देशका विभिन्न २६ जिल्लामा वीपी कोईराला युवा नेतृत्व विकास मञ्च गठनको काम सुरु गरेको छ । राष्ट्रियता, समाजवाद र लोकतन्त्र आफ्नो मुलनारा राखेर अगाडी बढेको नेपाली कांग्रेसले लोकतन्त्रप्रति विश्वास राख्ने,लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने र लोकतन्त्रमा नै समुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले वीपी कोईराला युवा नेतृत्व विकास मञ्चको गठन सुरु गरेको हो ।