अशोक पहाडी
रौतहट,२७ साउन ।
जिल्लाको सदरमुकाम गौर,,राजदेवी नगरपालिका पछि कटहरिया नगरपालिकामा पनि समुदाय स्तरमै कोरोना संक्रमितको संख्या बढदै जान थालेको छ ।
पछिल्लो केही दिनदेखि हेटौंडा अस्पतालमा अडकिएको कटहरियाको पिसिआर रिपोर्ट सोमबार सांझ आएको छ । रिपोर्ट अनुसार कटहरिया नगरपालिकाको वडा ४ र ५ मा २ जना महिला सहित ९ जना कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
रिपोर्ट अनुसार कटहरियाको उप प्रमुख नुरजहां खातुनको श्रीमानमा पनि कोरोना पुष्टि भएको छ । त्यसैगरी कटहरिया ४ हर्षाहाका १ जना ६० बर्षिय पुरुषमा र वडा ५ बजारका दुई जना ४५ बर्षिय पुरुष ,२५ बर्षिया महिला १६ बर्षिया महिला र अन्य २२ देखि २५ बर्षका युवाहरू रहेकोे कटहरिया नगर प्रमुख सियाराम कुश्वाहाले जानकारी दिएका छन । संक्रमितहरु मध्ये केहिजना मावि कटहरिया क्वारेन्टाइन र केहि घरमै रहेका छन । मावी कटहरियामा बिश्व स्वास्थ संगठनले तोकेको मापदण्ड अनुसार आईसोलेसन निर्माण गरेर सबै संक्रमितको उपचार सुरु गरिने मेयर कुश्वाहाले बताएका छन । त्यसैगरी संक्रमितको सम्पर्कमा आएकाहरुको आजैदेखि पिसिआर जांचको लागि स्वाब संकलन गरिने जनाईएको छ । कटहरियामा एकैपटक ९ जना समुदायका मानिसमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेक बजारका सबै ब्यापार ब्यवसाय बन्दगरिने छ ।
यता जिल्लाको राजदेवी नगरपालिकाका कोरोना संक्रमित वडाध्यक्षको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको पाइएको छ ।
साउन ११ गते संक्रमण पुष्टि भएका वडाध्यक्षको सम्पर्कमा आएका १४४ जनाको स्वाब परीक्षण गरिएकोमा सोमबार १९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताए । संक्रमित हुनेमा राजदेवी नगरपालिका(४ बसतपुरका १४ जना र अन्य वडाका ५ जना छन् । यसअघि उनको सम्पर्कमा आएका १७ जनाको पीसीआर परीक्षण गर्दा साउन २० मा ४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । ११ साउनमा संक्रमण देखिएका वडाध्यक्षको रौतहटको राजदेवि नगरपालिकाका एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएकाहरुलाई कन्टायक्ट ट्रेसिङ गर्दा १९ नया“ संक्रमित थपिएका छन । काठमाण्डौ जानका लागि भन्दै साउन ११ गते पीसीआर परीक्षण गराउदा वडाध्यक्षमा संक्रमण पुष्टि भएको थियो । आइतबार मात्रै रौतहटको गौरमा १५ जनामा संक्रमण पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here