जनकपुरधाम । धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिए ।
उनको ट्राभल हिस्ट्री भने खुल्न बाकी छ । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ ।
यससगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।