गुजरा,२६ साउन । रौतहटमा बलात्कार तथा अपहरण मुद्दामा १ जना पक्राउ परेको छ । जिल्लाकोे गुजरा नगरपालिकाका वडा नं–५ सोनारडिह टोलका ४५ वर्षीय मुम्ताज देवान फकिर पक्राउ परेको प्रहरीले जनाएको छ । पीडितको जाहेरीको आधारमा फकिरलाई पक्राउ गरिएको हो । फकिरमाथि जबर्जस्ती करणी तथा अपहरण मुद्दा दर्ता गरेर आइतबार जिल्ला अदालत गौरबाट १० दिनको लागि म्याद थप गरि अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर चन्द्रकिशोर साहले बताएका छन् । पीडित १४ वर्षीया बालिकाको पनि स्वास्थ परिक्षण भैसकेको ईन्स्पेक्टर साहले बताए । आरोपी फकिरले आफ्नै गाउँको एक १४ वर्षीया बालिकालाई ललाई फकाई तथा विभिन्न प्रलोभन र धम्की देखाएर भारतको मुजफरपुरमा लगेर १५ दिन सम्म राखेर यौन शोषण गरेको पीडित परिवारले बताएको छ । पीडित परिवारका अनुसार सो किशोकीलाई गत साउन १४ गते भारतीय नम्बरको मोटरसाइकलमा ल्याएर कटहरिया र गुजरा नगरपालिकाको बीचमा छोडेर बेपत्ता भएका थियो । प्रहरीले विशेष सूचनाको आधारमा फकिरलाई पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याएको ईलाका प्रहरी कार्यालय विजयपुरले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here