हेटौँडा २८ साउन । कान्तिपुर दैनिकका बरिष्ठ संवाददाता पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । सोमबार ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव मकवानपुरको सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको हो । परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँमा बनियाँ बेपत्ता भएको हुनाले ‘खोजी पाउँ’ भन्दै निवेदन दिएका छन् । बल्खुमा उनको जुत्ता फेला परेको थियो । महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० दिपक थापाले बानियाँ शव फेला परेको पुष्टि गर्दै भने–‘उहाँको शवलाई अहिले हेटौँडा अस्पतालमा लगिएको छ ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बानियाँ बल्खु खोलामा लडेको र खोलाले बगाएर मकवानपुर पु¥याएको खुलेको छ । घटनाबारे महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ । तनहुँ घर भएका बानियाँ कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here