काठमाडौं, २८ साउन । बलात्कार आरोपमा सशस्त्र प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र कुमार अधिकारी पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश दीपककुमार खरेलको इजलासले अधिकारीलाई पुर्पक्षका लागि जेल चलान गरेका हुन् । अधिकारीमाथि एक युवतीलाई आफ्नो क्वाटरमा खाना खान बोलाएर बलात्कार गरेको आरोप छ । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले ३१ असारमा पक्राउ गरेको थियो । अधिकारी पोखराको लामापाटनमा रहेको सशस्त्र प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका प्रमुख थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here