शर्मिला भण्डारी
म कुनै कामको सिलसिलामा एउटा यस्तो संस्थामा पुगेकी थिए जहाँ डर,चिन्ता, त्रासमा भएका मानिसहरुको थेरापीका माध्यमबाट उपचार गर्ने गरिन्छ । अझ यसरी बुझौ जो विभिन्न खाले मानसिक समस्याबाट पिडीत छन् तिनको उपचारको कोशिस गर्ने गरिन्छ । त्यस संस्थाको कार्यालय कक्षमा काम कै क्रममा पुगेकी थिए । ओम हिप्नोसिस एकाडेमीका प्रबन्ध निर्देशक रुपक बस्नेतसंग कुराकानी हुदै थियो त्यत्तिकैमा अन्दाजी ३०, ३५ वर्षकी महिला हाम्रो सामु आई पुगिन । चिटिक्क परेको जिउडाल , बाहिरबाट हेर्दा उज्यालो देखिने अनुहार म नजिकैको सोफामा बसिन ।

उनले सुरुमा मलाई त्यो कार्यालयमा देखेर अलिक अप्ठ्यारो माने पनि बिस्तारै परिचय भएपछि उनि खुल्न थालिन । उनले संस्थाका प्रबन्ध निर्देशक र मेरो अगाडी आफ्ना समस्याहरु जब राख्न सुरु गरिन मेरो आँखा ठूलो ठूलो र जिउँ कापे जस्तो शरिरका रौहरु जिरींग भएको अनुभुती हुन थाल्यो । अघि भर्खर सम्म मैले देखको उनको सुन्दर रुप मेरो आँखाबाट खोई कसरी गायब भयो । अब मैले मेरा अगाडी एउटी निरीह नारी देखिरहेकी छु । उनी जसै जसै आफ्ना समस्याहरु राख्दै गएकी छन् मेरो रगत उती नै तातीरहेको छ । संस्थाका निर्देशक रुपक सरलाई यस्ता समस्या सुन्दा सुन्दै बानी परेर होला उहाँले सामान्य रुप मै सुनिरहनु भएको थियो । झापाकी ति महिला अहिले भत्तपुरमा बस्छिन ।

बिहे भएको १० वर्ष भएछ । उनको एउटा सन्तान छोरा ८ वर्षको छ । उनि सरकारी जागिरे । उनका श्रिमान संगै बस्छन् । श्रिमान अहिले बेरोजगार छन् । पहिले केहि काम गर्थे । अहिले बेरोजगार जस्तै छन् । ति महिला अघि घरबाट निस्कने बेलामा पनि श्रिमानको कुटाई नै खाएर आएकी रहिछन् । उनलाई श्रिमानको पिटाई त दैनिकी जस्तै भएको रहेछ । तरकारीमा नुन कम भए पिटाई, घर पाँच मिनेट ढिला पुगे पिटाई , केहि बोले पिटाई यसरी बुझौ कुनै कारण बिना हरेक पल पिटाई । उनि विगत १० वर्ष देखि एउटा राक्षसलाई श्रिमान्का रुपमा स्विकारेर नरकीय जिवन बिताई रहेकी छन् । विगत १० वर्षमा उनि भित्रबाट खुशि भएको कुनै पल उनलाई याद नै भएन ।

अब कुटाई सहने बानी नै भै सकेकी उनि भित्रैबाट थाकेकी छन् अब उनलाई जीवन जिउन मन छैन । अब उनि मात्र मर्ने कुरा गर्छिन । उनि आफ्नो भाग्यलाई दोश दिन्छीन । मर्न चाहेकी उनलाई उनकै एकजना साथीले जर्बजस्ती त्यस संस्थासम्म पुर्याएकी रहछिन् । उनी हाम्रा सामु जतिबेला पनि मर्ने नै जित गरेर बसेकी छन् । उनको यस मानसिक हालत देख्नासाथ मैले झट्ट पश्न गरिहाले तपाई त्यो मान्छेसंग सम्बन्ध विच्छेद किन गर्नुहुन्न रु हो पिडीत महिलालाई आज भन्दा ९ वर्ष अगाडी नै यो कुरा मनमा आएको थियो मैले यो राक्षसरुपी श्रिमान्लाई छाड्छु भन्ने । जसै यो विचार मनमा आयो उनले आफ्नो माईतीमा आफु श्रिमान्संग मिलेर बस्न नसक्ने कुरा सुनाइन तर माइती पक्षबाट छोरी तिमी जसरी पनि मिलेर सहेर बस्नु पर्छ नभए हाम्रो इज्जत जान्छ भन्ने जवाफ मात्र पाईन । त्यसपछि समाज, माईतीको इज्जतको डरले उनी आज सम्म जनावर भन्दा पनि निरीह जिवन जिउदै आएकी छन् । केही बेरको कुराकानी पछि ति महिला अलिकती आशा लिएर भोली देखि थेरापी कक्षामा सहभागी हुने गरि त्यहाँबाट विदा भईन ।

जसै ति महिला त्यहाँबाट विदा भइन मेरा मनमा समाजमा रहेका मानसिक समस्याहरुका बारेमा केहि जान्ने इक्षा जागेर आयो र मैले रुपक सरसंग उत्सुकता जनाउन थाले । रुपक सरको कार्यालयमा मानसिक समस्या भएकालाई बिना औषधीको उपचार थेरापीको माध्यमबाट गरिदो रहेछ । जुन थेरापी मार्फत मानिस भित्रको नकारात्मक तत्वलाई फाल्ने कोशिस गरिन्छ । यस थेरापीका लागि कस्ता कस्ता मानसिक समस्या भएका मानिस आउदा रहेछ्न् भन्ने जिज्ञासा मेरो मनमा आउन थाले । समाजमा मानसिक समस्या विभिन्न खालका रहेछन् जुन कसैको देखिने र कुनै नदेखिने पनि थुपै्र रहेछन् । कसैलाई समाज देखि नै डर लाग्ने अथवा रिस उठ्ने । कसैलाई उचाई , पानी देखि डर । कसैलाई अरु मान्छे देखि नै डर । कसैलाई मर्छु भन्ने डर । कसैलाई के कसैलाई के अनेक थरिका मानसिक समस्या भएका मानिस हाम्रो समाजमा रहेछन् जो हेर्दा सामान्य देखिए पनि भित्र विकराल स्थितीमा हुने रहेछ । यी डर लाग्ने समस्या आफैबाट सिर्जीत समस्या हुन जस्को उपचार गर्न पनि सजिलो छ । जुन मनको डर हो त्यसलाई हटाउन पनि सजिलो छ । तर जुन समाजसंग जोडिएका घरेलु हिंसा, प्रेममा विछोड या धोका लगायत अन्य समस्याहरु अरुका कारणले हुने समस्याले भने मानिसलाई आत्महत्या गर्न वाध्य बनाउने रहेछ ।

मैले माथि घरेलु हिंसामा परेकी महिलाले उनका श्रिमान् छोड्न नसक्नुको कारण बताई सके आखिर समाजमा इज्जतको डरले उनले आफ्नो जिवन बेचेकी छन् । अरु यस्ता थुप्रै मानसिक समस्या छन् जुन मानिसले समाज कै डरले आफ्नो जिवनलाई भाग्यको खेल भनेर सहेर बस्नु परेको छ । मैले रुपक सरकोमा आउने अधिकांश समस्याको जड समाज देखे । समाजले के भन्ला भन्ने डरले मानिस भित्रै भित्रै पिडामा बाच्ने रहेछ र अन्तिममा विकल्पका रुपमा आत्महत्या रोज्ने रहेछ । कुराकानी कै क्रममा मलाई सरले एउटा फेसबुकको प्रोफाईल तस्बिर देखाउनु भो । जहाँ एउटा जोडीको निकै सुन्दर तस्बिर थियो । लाग्यो भगवानले माथीबाटै बनाएर पठाएको जोडी । त्यो तस्बिर भित्रको कथा यति भयावह थियो कि कुनै चलचित्रको खराब कहानी जस्तो । कथा उहि घरेलु हिंसाको ति महिला पनि केहि दिन अघि रुपक सरकोमा थेरापीको लागि आएकी रहिछन् ।

घरमा दिनहु झगडा कुटाई , ३ महिनाको गर्भमा रेहेको बच्चा आफुने नचाहादा नचाहदै फाल्नु परको के के हो के के पिडा । तर उनको फेसबुक एकाउन्ट खोलेर हेर्ने समाजले उनको श्रीमान् श्रीमती हसिलो अनुहारमा अंगालो मारेर बसेको देख्छ । तस्बिर भित्रको पिडा कसैले देख्न सक्दैन र बुझ्न पनि चाहदैन । एउटी किशोरी प्रेममा पर्छिन अनि आफ्नो सर्वस्व सुम्पीन्छीन् । त्यहि प्रेमीले धोका दिन्छ अनि उनि मानसिक रोगी बन्छिन् कारण इज्जतको डर । त्यतिबेला हाम्रो समाजमा केटाको होइन केटीको इज्जत जाने डर हुन्छ । शारिरीक सम्बन्ध त दुवैले राखेका हुन् तर केटाको इज्जत नजाने केटीको चाही जाने रु यहि कारणले एउटी भर्खरकी किशोरी आत्महत्या गर्न वाध्य हुन्छे । यो कस्तो इज्जत हो रु मैले समाजको इज्जतको डरले मानसिक रोगी हुने हरु महिला मात्र छन् भन्न खोजेकी होइन पुरुषहरु पनि त्यत्तिकै पीडित छन् । समाजमा प्रतिष्ठाको डरले मानसिक रोगी भएकाहरु । रुपक सरकोमा आएको अर्को समस्या थियो तेस्रो लिगंीको ।

एकजना तेस्रो लिगाीं सरसंग दिनहु सम्पर्कमा आउछन् र खाली आत्महत्या कै कुरा गर्छन् । कारण उनलाई यो समाजले स्विर्कादैन । उनलाई यो समाजमा बाच्नु नै मन छैन । हामी समाजमा इज्जत राख्ने बहानामा आफ्नो खुशि बेचिरहेका छौं । खोइ यसमा कस्को दोश रु हामी आफ्नो हरेक खुशि समाजलाई देखाउन चाहन्छौ तर पिडा लुकाउछौं किन रु इज्जतको डर । मैले व्यक्तिगत जीवनमा पनि केहि यस्ता पात्रहरु भेटेकी छु जो श्रीमान् श्रीमती राम्रो ओहोदामा छन् । घर परिवार बाहिरबाट हेर्दा राम्रो छ । समाजमा राम्रो प्रतिष्ठा छ । सामाजिक संजालमा बेला बेला लामो लामो प्रेमका प्रसंग जोडेर तस्बिर पोस्ट्याएका हुन्छन् तर ति जोडीको वास्तविक जिवन साच्चै भन्ने हो भने काँडामा टेकेर हिनेको मान्छेको जस्तो छ । यसरी बुझौ उनिहरु समाज कै लागि श्रीमान् श्रीमती बनेर सम्झौता गरिरहेका छन् ।

असली जिवनमा उनिहरु बिच कुनै तालमेल नै छैन । एउटा कुरा बुझ्नु के जरुरी छ भने खुशी तपाीइलाई समाजले दिने होइन खुशि तपाई भित्र छ । तपाई कुनै पिडामा हुनुहुन्छ भने कसैको डर नमान्नुस पहिले आफ्नो खुशि खोज्नुस । चाहे जे होस् आफुलाई पिडाबाट बाहिर निकाल्ने कोशिस गर्नुस् । सामाजिक संजालमा झल्कीने त्यो हाँसो मात्र अरुका लागि हो । तस्बिर होइन तपाई हास्नु पर्छ । पहिले तपाई आफु बाच्नुस अनि समाजमा केहि बनेर देखाउनुस । पिडामा बाच्नुभयो भने त्यो पिडाले एकदिन भयावह रुप लिन सक्छ । आखिर कागजको फूल जति नै सुन्दर भए पनि बासना त दिन सक्दैन । हामीले जिएको जिवन सजिव हुनु जरुरी छ नकि निर्जीव । समाचार दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here