काठमाडौं, २८ साउन । नेपाली बजारमा बुधबार सुन भाउ निकै घटेको छ । बुधबार एकै दिन सुनको मुल्य तोलामा ६ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रति तोला ९५ हजार ४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि मंगलबार सुन एक लाख एक हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रति तोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर १ हजार २१० मा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here