काठमाडौं, २८ साउन । गृह मन्त्रालयले ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रीस्तरीय बैठकले ३ जिल्लाका प्रजिअ र सहायक प्रजिअलाई सरुवा गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानिएका छन् । उनको ठाउँमा धादिङबाट प्रजिअ अस्मान तामाङलाई पठाइएको छ । धादिङमा अछामबाट प्रजिअ पुण्यविक्रम पौडेललाई तानिएको छ । त्यस्तै, सहायक प्रमुख जिल्ला अधिकारीलाई कञ्चनपुरबाट अछाम सरुवा गरिएको छ भने इन्द्रदेव यादवलाई रौतहट पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here