ओम प्रकाश यादव
गरुडा, २९ साउन ।

रौतहट जिल्लाको राजपुर नगरपालिकामा बिहीबार व्यापारी र प्रहरी बीच दोहोरो झड्प भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर गरेको छ । कोरोना महामारीका कारण विगत पाँच महिना देखि नेपाल भारत सिमा पूर्ण रुपमा बन्द रहेको छ । भारतसँगको सिमा नाका बन्द रहेको अवस्थामा चोरबाटो हुँदै केही तस्करहरु भारतबाट ठुलो संख्यामा भैंसी ल्याउने क्रममा प्रहरीले उक्त भैसींलाई नियन्त्रणमा लिन खोज्दा दुतर्फि झडप भएको रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिएका छन् । विहिवार दिउँसो १ बजेको समयमा तस्करहरु सिमापारीबाट ५८ वटा भैंसी लिएर आएको सुचना पाउना साथ राजपुर प्रहरीले राजपुर नगरपालिकाको कुडिया बजारमा घेरा हालेर नियन्त्रणमा लिन खोजेको थियो सो क्रममा भैंसी व्यापारी र प्रहरी बीच दोहोरो झड्प हुँदा स्थिती नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेर हो । भारतसंग सीमा जोडिएका औरैया र रामपुर खापको चोर बाटो भएर व्यापारीहरुले उक्त भैंसी नेपाल भित्रयाएर राजपुर नगरपालिकाको कुडिया बजारमा ल्याएका थिए । देश अहिले कोरोनाबाट अस्तव्यस्त रहेको छ । कोरोनाका कारण रौतहटमा साउन २४ गतेदेखी ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी छ । यता कुनैपनि नागरिकलाई सीमाबाट ओहरदोहर गर्न प्रतिबन्ध लगाइएको छ यसै मौकालाई छोपेर केहि तस्करका गिरोहले भारतबाट चोरबाटो प्रयोग गरि तस्करी गर्न लागेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here