रौतहट, २९ साउन । रौतहटको एक नगरपालिकामा प्रदेश २ सरकारले २ महिना अघि उपलब्ध गराएको राहत अझ बितरण हुन सकेको छैन । रौतहटको बौधीमाइ नगरपालिकाको वडा नं— १ का वडा अध्यक्ष गुदर राय यादवले २ महिना अघि उपलब्ध गराएको राहत बुझि वडा कार्यालयमानै राखेको स्थानियले बताएका छन् । रौतहटमा जारी भएको निषेधाज्ञाले गरिब तथा विपन्न परिवारहरुमा समस्या रहेको छ तर वडा अध्यक्षले प्रदेश २ सरकारले उपलब्ध गराएको राहत वडा कार्यालयमानै राखिएको हो । वडा अध्यक्षले अनियमितता गर्ने उदेश्यले राखिएको सो राहत समाग्रि कुहिने अबस्थामा पुगेको स्थानियले बताएका छन् । २ महिना अघि नगरपालिकाबाट प्राप्त सो राहत वडा अध्यक्षले बुझि वडा कार्यालयमा नै राख्नु नहुनेमा स्थानिय बुद्धिजिविहरुले प्रतिक्रिया दिएका छन् । बौधीमाई नगरपालिकामा घरेलु तथा साना उद्योग कार्यालय रौतहटले सो राहत उपलब्ध गराउना साथ सो वडामा ६५ बोरा चामलसहित विभिन्न खाद्य सामग्री वडा अध्यक्षलाई हस्तान्तरण गरिएको थियो । यता सो सम्बन्धमा नगर प्रमुख राजिव रञ्जन यादवसंग बुझदा सबै अधिकार वडा अध्यक्षलाई दिइएकोले त्यसको जवाफ आफुले दिन नमिल्ने बताएका छन् । वडा अध्यक्ष गुदर राय यादवले सो राहत बितरणमा ढिला भएको स्वीकार्दै तुरुन्त बितरण गरिने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here