गर्जियो मेघ पानीनै परि भिजायौ मलाई
मनको बह पोखिने गरि भिजायौ मलाई।
चुकेको चुरा फाटेकाे मन जोडेझै गरेर
बरफ थुप्रो बिलेझै सरि भिजायौ मलाई।

छालनै होकि पानीको थोपा कसरी बुझौम
निथ्रुक्क पार्दै घरीन घरि भिजायौ मलाई।
माझीनै बिना चलेन डुङ्गा रोकियो बिचैमा
खसाई अाँशु जीवन भरि भिजायौ मलाई।

पानीको छाल मनको जाल दैबले जानेन
सागर जस्तै पारेर झरि भिजायौ मलाई।
हिराको हार लगाई माला धागोमा उनेर
बचाई अरु आफुनै मरि भिजायौ मलाई ।

तारा पौडेल
इलाम
सु न पा ३
पशुपतिनगर
मेहेलबाेटे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here