अशोक पहाडी,चन्द्रपुर,३० साउन । रौतहटको गढीमाई नगरपालिकाले कोरोना नियन्त्रणका लागि एक घर एक पिसिआर परिक्षण गर्ने भएको छ । यो कार्यक्रम ल्याउने गढीमाई नगरपालिका रौतहट जिल्लामा पहिलो हो । कोरोना मियन्त्रणका लागि नेपाल सरकारको निर्देशन अनुसार नगरपालिकाले एक एकजनाको कोरोना परिक्षण गर्न लागेको नगरपालिकाका प्रमुख श्याम प्रसाद यादवले तराई एकसप्रेसलाई जानकारी दिएकाछन् ।
एक घर जनाको पिसिआर परिक्षण तत्काल सुरु गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशाकिय अधिकृत नागेन्द्र यादवले जानकारी दिएकाछन् ।