गौर, ३० साउन । रौतहटमा सञ्चारकर्मी र कर्मचारीसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको गौर नगरपालिकाका कर्मचारी, सञ्चारकमी र सर्वसाधारण गरी १७ जना, परोहा नगरपालिकामा ४ जना र गढीमाई, देवाही गोनाही र चन्द्रपुर नगरपालिकामा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिए । गौर नगरपालिकामा वडा नं— ५ का एकै परिवारका ५ जना, ८ कर्मचारी र १ सञ्चारकर्मीसहित १७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी सुरु भइसकेको फोकल पर्सन गुप्ताले जानकारी दिएका छन् । विगत ६ दिनमा रौतहटमा ८६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय थपिएका संक्रमितलाई घरमै छाडिएको छ । रौतहटका आइसोलेसन सेन्टरहरु खाली रहेको अवस्थामा पनि संक्रमितलाई समुदायमै छोड्दा झनै खतरा बढेको गौरका स्थानीयले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here