चन्द्रपुर,३० साउन । चन्द्रनिगाहपुर सरकारी अस्पतालको पाँच शैयाको आकस्मीक कक्षको उघाटन समारोहमा अस्पतालका स्वास्थ्य शाखा प्रमुखनै उपस्थित भएनन् ।
शुक्रबार भएको उदघाटन समारोहमा स्वास्थ्य शाखा प्रमुख अभय ठाकुर अनुपस्थित भएपछि कार्यक्रममा सहभागिले चर्को आलोचना गरेकाछन् । उदघाटन समारोहका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले ठाकुरको लापारवाहीको दण्ड केही दिनमै दिने बताएका थिय । उदघाटन समारोहमा संचारकर्मी संजय कार्की ,चन्द्रपुर नगरपालिकाका वडानं ५ का वडाअध्यक्ष संजय काफ्ले सहितले स्वास्थ्य संयोजकको गैरजिम्बेवारी कामले सरकारी अस्पतालको अवस्था नाजुक बन्दै जान थालेको बताएका थिय ।
ठाकुरको लापारवाहीका कारण कोरोना संक्रमणका बेला समेत काम गर्न समस्या भएको सबैको गुनासो थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here