अशोक पहाडी,रौतहट,३० साउन । स्वाव संकलन गरेर परिक्षण गराउन समस्या भएकाले अव जिल्लामै पिसिआर मेसिन संचालन गर्नु पर्ने चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले बताएकाछन् । वीरगंजमा रहेको पिसिआर परिक्षण गर्ने मेशिनमा खराबी आएको र हेटौडामा रहेको परिक्षण केन्द्रले रौतहटबाट गएको स्वाव अव परिक्षण गर्न नसकिने बताएपछि चन्द्रपुर नगरपालिकाका प्रमुख चैधरीले जिल्लामै पिसिआर मेसिन जडनका लागि आफु लागि परेको बताएकाछन् । शुक्रबार चन्द्रनिगाहपुर सरकारी अस्पतालको इर्मर्जेन्सी कक्षको उदघाटन गर्दे नगरप्रमुख चौधरीले सो कुरा बताएका हुन् ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा पछिल्लो समय समुदाय स्तरमै कोराना संक्रणका बिमारी देखा परेको अवस्थामा नगरपालिकाकाले स्वाव संकलन गरेर परिक्षणका लागि अव कहाँ पठाउने भन्नेमा समेत समस्या आएको चौधरीको भनाइ रहेको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका ,गुजरा नगरपालिका,गढीमाइ,बृन्दावन नगरपालिकामा संकलन गरिएको स्वाव परिक्षणमा समस्या भएकाले यी चारै स्थानीय तह मिलेर पिसिआर मेसिन संचालनमा ल्याउने तयारी भएको चन्द्रपुर नगरपालिकाका प्रमुख चौधरीको भनाइ रहेको छ ।
प्रदेश नं ३ को हेटौडामै कोरोना संक्रमितको संख्या बढेसंग सो स्थानमा समेत स्वाव संकलनको काम तिब्र रुपमा भएका कारण प्रदेश नं २ को स्वाव परिक्षण गर्न नसक्ने परिक्षण केन्द्रले सुचना दिएका कारण चन्द्रपुर नगरपालिकामा संकलन गरेको स्वाव अव कहाँ परिक्षण गर्ने भन्ने बिषयमा अन्यौलता छाएको चन्द्रनिगाहपुर सरकारी अस्पतालका कर्मचारी मातृका चालिसेले बताए ।
चन्द्रपुर नगरपालिकामा पाँच जनामा कोरोना संक्रमण देखा परेपछि भोली शनिबार नगरपालिकाले दुइ सय जनाको स्वाव संकलनको तयारी गरेको छ । संकलित स्वाव परिक्षणका लागि कहाँ लाने भन्ने बिषयनै अन्यौल भएपनि चन्द्रपुर नगरपालिकाले केही स्थानीय तहको सहकार्यमा पिसिआर मेसिन जडान गर्ने तयारी गरेको हो ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालको इर्मर्जेन्सी कक्षको उदघाटन समारोहमा बोल्दै नगरप्रमुख रामचन्द्र चौधरीले कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा लागिका लागि प्रहरीले असहयोग गरेको समेत गुनासो गरेकाछन् ।
उनले नगरपालिकाले खरिद गरेको समानबाट प्रहरीका थुनुवा र सुरक्षाकर्मीको स्वाव संकलन नगर्न समेत अस्पतालका कर्मचारीलाई निर्देशन दिएका छन् ।
पछिल्लो समय ईलाका प्रहरी कार्यालयले कोरोना नियन्त्रणमा असहयोग गरेको समेत मेयर चौधरीको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here