बारा,३० साउन । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल प्रालि सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले उद्योगलाई लापरवाही गरेको आरोप लगाउँदै श्रावन ३२ गतेसम्मका लागि सिल गरेको हो । उद्योगमा कार्यरत कोरोना पुष्टि भएका ६ कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रशासनले उद्योगलाई सिल गर्दै दुई दिनभित्र सम्पर्कविहीन रहेका कर्मचारीहरुको विवरण उपलब्ध गराउन आदेशसमेत दिएको छ ।
साउन २५ गते उद्योगमा कार्यरत कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये ६ जना अहिले उद्योगको सम्पर्कमा नरहेको प्रशासनले जनाएको छ ।