वीरगंज ३१ साउन । वीरगंजमा कोरोना९कोभिड९१९० संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। वीरगंज९१२ मुर्लीका ६० वर्षीय वृद्धको कोभिड९१९ संक्रमणबाट मृत्यु भएको हो । उनको हिजो राति ७ बजे गण्डक कोभिड अस्पतालमा मृत्यु भएको गण्डक कोभिड अ्स्पतालका संयोजक डा।उदयनारायण सिंहले बताए ।
गत साउन २४ गते नारायणी अस्पताल प्रयोगशालाबाट पीसीआर परिक्षणमा पोजेटिभ आएपछि उनलाई थप उपचारको लागि गण्डक अस्पतालमा भर्ना गरी क्याबिनमा उपचार भइरहेको थियो । उनका छोरा पनि संक्रमित रहेकोमा दुबैलाई क्याबिनमा राखेर उपचार भइरहेकोमा अचानक स्वास्थ्यमा गडबडी देखिँदा अस्पतालका चिकित्सक गएर हेर्दा उनको मृत्यु भएको पाइएको थियो। यससँगै पर्सामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here