महोत्तरी ३१ साउन । महोत्तरीको भंगहा नगरपालिकाको एउटै वडाका १६ जनालाई विषालु सर्पले टोकेको छ। भंगहा नगरपालिका९५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेको हो। शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म १६ जनालाई सर्पले टोकेको भंगहा नगरपालिकाका मेयर सञ्‍जीव साहले जानकारी दिए । घरमै हुँदासमेत सर्पले टोक्ने गरेको, तर सर्प कसैले नदेखेको उनको भनाई छ । टोकेपछि दुख्दा मात्रै सर्पले टोकेको हो भन्ने थाहा हुने गरेको स्थानीयले बताएका छन् । सर्पले टोकेका घाइतेहरूलाई महोत्तरीको बर्दीबासस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको छ । यसअघि बिहीबार दिउँसो सोही टोलमा विषालु सर्पले टोक्दा स्थानीय ४५ वर्षीया जैमुन खातुनको मृत्यु भएको थियो । धान खेतमा गइरहेको बेला अचानक सर्पले टोकेपछि उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र बन्दिपुर लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here