गौर, ३१ साउन । समुदायस्तरमै कोरोना संक्रमन बढ्न थालेपछि रौतहटमा निषेधाज्ञा थप गरिएको छ । स्थानिय प्रशासनले गत साउन २४ गतेदेखि लागु गरिएको निषेधाज्ञा ३२ गते सकिदै छ । तर पछिल्लो समय रौतहटको विभिन्न स्थानिय तहहरुमा समुदायस्तरमै संक्रमण देखिन थालेपछि प्रशानले निषेधाज्ञाको म्याद थप ७ दिन बढाएको हो । रौतहट जिल्लाको विभिन्न स्थानिय तहहरुमा कोरोना समुदायस्तरमा नै फैलिएकोले जोखिम यथावत रहिरहेको जनाउदै आम नागरिकको जीवन रक्षाको लागी निषेधाज्ञा जारी नै राख्नु पर्ने आवश्यकता भएकाले निषेधाज्ञालाई भदौ ७ गते राती १२ बजेसम्मको लागी थप गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । नागरिकहरुले अति आवश्यक कामका लागी घर बाहिर निस्कदा अनिवार्य माक्स , सेनिटाइजर तथा पञ्जाको प्रयोग गर्न समेत अपिल गरिएको छ । त्यसका साथै भौतिक दुरीलाई पनि ख्याल राख्नु पर्ने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here