रौतहट २ भदौ । स्व रामबृक्ष यादवको २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम सहित रौतहटको कटहरियामा मनाईएको छ ।
नेकपा नगर कमिटी कटहरियाको आयोजनामा तराई मधेस सहिद स्मृति प्रतिष्ठानको प्रांगणमा मंगलबार एक कार्यक्रमका बिच स्व यादवको २६ औं स्मृति दिवस मनाईएको हो । उक्त अवसरमा कार्यक्रममा प्रमुख अतिथी कटहरिया नगर प्रमुख सियाराम कुश्वाहाले स्व रामबृक्ष यादवको तस्बिरमा माल्यार्पण गरि कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा मेयर कुश्वाहाका साथै वक्ताहरुले स्व रामबृक्ष यादवको तत्कालीन नेकपा माओवादीमा रहेको योगदान बारे चर्चा गरेका थिए ।
उक्त अवसरमा नेकपा नगर कमिटी कटहरियाका अध्यक्ष योगेन्द्र साह वडा अध्यक्षहरु चन्दन कुश्वाहा,राजकुमार साह, हरिभजन साह,नन्दलाल पाश्वान,नेकपाका रामजी महतो,बिनोद साह,राजेश साह लगायतको सहभागिता रहेको मेयरका पिए महेश यादवले बताए । कार्यक्रम पश्चात् स्व रामबृक्ष यादवको सम्झनामा बृक्षा रोपन समेत गरिएको थियो । २०५१ साल भदौ २ गते जनकपुर बाट घर फर्किने क्रममा प्रहरीले सबैला भन्ने स्थानमा रामबृक्ष यादवलाई गोलि हानेर हत्या गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here