चन्द्रनिगाहपुर,२ भदौ । निषेधाज्ञाको ११ औं दिन मंगलबार रौतहट सुनसान देखिएको छ । पछिल्लो समय रौतहटमा समुदायस्तरमै कोरोना संक्रमित पुष्टि हुनथाले पछि स्थानियमा त्रास उत्पन्न भएको हो । गत सायन २४ गते देखि रौतहट जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको ११ औं दिन मंगलबार बाट प्रहरीले निषेधाज्ञालाई तथ कडाई गरेको हो । सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी निषेधाज्ञालाई थप कडाई गरिएको हो । पछिल्लो समय रौतहटको स्थानियस्तरमै कोरोनाको त्रासका कारण गाउँघरमा समेत सुनसान देखिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले गरेको निषेधाज्ञाको कारण सदरमुकाम गौर, गरुडा, कटहरिया, चन्द्रपुर लगायतका सबै बजारहरु शनिबार बिहानै देखि बन्द रहेको छ । बजारमा रहेका औषधि पसल ,अस्पताल बाहेक अन्य सबै पसलहरु बन्द रहेका छन् । सार्वजनिक यातायातका साथै निजि गाडी पनि चलेको छैनन् । पुर्व पश्चिम राजमार्गमा खाद्यान्न, र अत्यावश्यक सवारी साधन , पास लिएका गाडी चलिरहेको अन्यलाई फर्काईएको ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरका सई होम बहादुर भित्रीकोटिले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here