चन्द्रपुर,३ भदौ । चन्द्रपुर नगरपालिकाको वडानं ४ को टेकानबाट गैडाटार जाने बाटोको कालोपत्रे उक्किन थालेको छ ।
एक महिना पहिला गरिएको कालेपत्रे उक्कन थालेपछि स्थानीयले त्यसको बिरोध गरेकाछन् । सो बिषयमा नगरपालिकाले तत्काल अनुगमन गरेर सडक पुन कालोपत्रे गराउन लगाउनुपर्ने गैडाटारका संचारकर्मी उपेन्द्र गोलले बताए ।
गुणस्तरहिन बाटोको बिषयमा सम्बन्धीत निकायले चासो दिनुपर्ने स्थानीयको भनाइ रहेको छ ।