गौर,३ भदौ / रौतहटको बिभिन्न सिमा नाकाबाट भन्सार छलेर भारतबाट समान ल्याउने र नेपालबाट बिभिन्न समान भारत जाने क्रम रोकिन सकेको छैन् । सिमामा तैनाथ सशस्त्र प्रहरीको मिलेमतोमा रातीको समयमा सिमावर्ती नाकाबाट अबैध कारोवार फस्टाएको स्थानीयले बताएकाछन् ।
जिल्लाको इशनाथ नगरपालिकामा रहेको सशस्त्र प्रहरी बेसको मिलेमतोमा रतीको समयमा तस्कर गराएको र स्थानीयलाई सिमामा जानै नदिएको भन्दै सोमबार बिहान स्थानीयले सशस्त्र प्रहरी बेसक्याम्पमा घेराउ गरेको स्थानीय बासिन्दाले जानकारी दिएकाछन् ।
गौरमा रहेको महादेपट्टी, बंकुल, बेलबिच्छवा ,खाप घिउरा लगाएतका नाकाबाट रातीको समयमा भारतबाट भैंसी ,पाडा,खशि,कपडा,श्रृगारका समान ,हार्डवेयरका समान नेपाल भित्रने गरेको र नेपाल तिरबाट रक्सी ,गाई गोरु लगाएतका समान भारत जाने गरेको स्थानीयले बताउदै आएकाछन् ।
रौतहट प्रशसनले जिल्लामा निषेधाज्ञा जारी गरेको १२ दिनमा करोडौको भन्सार छलिको समान रौतहट भित्रिएको स्थानीयको भनाइ रहेको छ । रातीको समयमा सिमामा तस्करी बढेको भएपनि सिमामा तैनाथ सशस्त्र प्रहरी मुकदर्सक बन्नुले पनि सशस्त्रकै मिलेमतोमा तस्करी बढेको स्थानीयको भनाइ रहेको छ ।
कोरोनाको महामारीको समयमा भातरबाट पछिल्लो समय पशु पंक्षी भारतबाट रातीको समयमा नेपाल भित्रनुले खतरा निम्त्याएको गौरका एक स्थानीय बासिन्दाले जानकारी दिएकाछन् ।
जिल्ला प्रहरी कार्यालय गौर ,रौतहटका प्रबत्ता डिएसपी भरतले श्रेष्ठले पहिलाको तुलनामा रातीको समयमा सिमाबाट समान ल्याउने र लाने कुरा आएपछि प्रहरी परिचालन तिब्र पारिएको जानकारी दिएकाछन् ।
तस्करी नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयले सकेसम्म काम गरिरहेको डिएसपी श्रेष्ठको भनाइ रहेको छ ।
सोमबार घिउरा र जयनगरको बिचमा एक विद्यालयमा रहेको सशस्त्र क्याम्पकै मिलेमतोमा रातीको समयमा तस्करी बढेको र स्थानीयलाई दिउसो सिमा वारपार गर्न नदिएको भन्ने बिषयमा स्थानीयले बेस क्याम्पनै घरेउ गर्नुले समेत सशस्त्र प्रहरीको मिलेमतोमा जिल्लामा अबैध धन्दा मौलाएको स्थानीयको भनाइ रहेको छ ।