जनकपुर ४ भदौ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ सरकारले गरेका कामको सम्पूर्ण विवरण बुझाउनका लागि उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत जनकपुरको वीरगन्जमा रहेको अस्थायी इजलामा अधिवक्ता सुधिरकुमार कर्णले रिट दायर गरेका थिए । सो रिट उपर सुनवाई गर्दै प्रदेश सरकारले साउन ३२ गते सम्म गरेका कोरोना रोकथाम सम्बन्धी काम तथा निर्णयका विवरणहरु सहित उपस्थित हुनका लागि अन्तरिम आदेश जारी गरिएको हो ।