जनकपुर ४ भदौ । प्रदेश २ सरकारले अनुदानमा कृषकलाई बाँडेको सोलारपम्प सेट खरिदमा व्यापक अनियमितता भएको छ । बजारमा ३ लाख रुपैयाँसम्म पाइने सोलार पम्पसेट ५ लाख १ हजारमा खरिद गरी कृषकलाई बाँडिएको हो । आर्थिक वर्ष २०७६÷०७७ मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत रहेको कृषि विकास निर्देशनालयले ८५ प्रतिशत अनुदान र १५ प्रतिशत साझेदारीमा प्रति सोलारपम्प सेट ५ लाख १ हजार रुपैयाँको दरले खरिद सम्झौत गरी कृषकलाई उपलब्ध गराएको छ । निर्देशनालयले काठमाडौं स्थित कुलायन इनर्जी प्रा.लि., सोल ट्रोनिक्स प्रा.लि. र बिराट इनर्जी प्रा.लि गरी तीनवटा कम्पनीबाट सोलारपम्प किसान तथा संघसंस्थाका लागि ५ लाख १ हजार रुपैयाँको दरले आपुर्ति गरेको हो । ९ वटा आपुर्ति कम्पनीले आवेदन दिएको थियो । ३ वटा कम्पनी मात्र रीत पुगेकाले सोहि तीनवटा कम्पनीसंग सोलारपम्प सेट खरिद सम्झौता गरी कृषक तथा संघसंस्थालाई उपलब्ध गराएको निर्देशनालयका निर्देशक रत्नकुमार झाले बताए । ( थप समाचार भोलि प्रकाशन हुने तराई एक्सप्रेस दैनिक पत्रिकामा )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here